७ कार्तिक २०८३, शनिबार

भारतीय बुहारीलाई किन यति ठूलो अपमान ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biheपर्सा, २९ फागुन । बेहुलीका बुवाले औंठी दाइजो नदिँदा सिन्दुर हाल्दै गरेको विहे भाँडिएको छ ।

वीरगन्ज १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवल र भारत विहार पश्चिम चम्पारण बेतियाकी २१ वर्षीया पुनमकुमारीबीच विहीबार राति भइरहेको बिहे भाँडिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

आदर्शनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनमको सिउँदोमा सिन्दुर हाल्न अगाडि बढेका बेहुला अनुपलाई उनका बुबा अंकुर वर्णवालले रोकेर दाइजोमा कुबल नै नगरिएको सुनको औंठी बेहुलीका बुबासँग मागे ।

सुनारले सुन बनाउन नभ्याएका कारण बेहुलीका बुबाले पछि दिन्छु भनेका थिए । त्यसपछि अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए ।