७ कार्तिक २०८३, शनिबार

यसरी प्रहार भयो महिलाको अनुहारमा एसिड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rita-Chaudhari-Dang-Ghorahiदाङ, २९ फागुन । दाङको घोराही २ गुलरियामा किराना पसल गर्ने ३२ वर्षीया रीता चौधरीमाथि बिहीबार एसिड प्रहार भएको छ ।

चुरोट किन्न आएको युवकले उनीलाई एसिड छ्यापेर भागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दाङमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ। आक्रमणकारीको पहिचान भएको छैन । सोधपुछका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

मोटरसाइकलमा आएका युवकले एसिड हानेर भागेको उनले बताएकी छिन् ।

बेलुका करिब ७ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले सिरिन्जले एसिड छर्केको उनको भनाई छ ।

आक्रमण गर्नेको पहिचान नखुलेको र अनुसन्धान जारी रेहको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कठायतले बताए ।