
काठमाडौं, २९ फागुन । कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज ।
देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा थियो नत त्यहाँबाट कसैलाई विदेश पठाइथ्यो ।
मेनपावरको आवरणमा बेश्याबृत्तिको धन्दा संचालन हुँदै आएको थियो । त्यहाँबाट प्रहरीले २ युवती र २ संचालकलाई पक्राउ गर्यो ।
कालीमाटी प्रहरीले संचालकद्धय बिमला अधिकारी र गोपाल भुसाललाई पक्राउ गरेको छ ।















प्रतिक्रिया