१ कार्तिक २०८३, शनिबार

‘चर्चित गुरु श्री श्री रविशंकरलाई जेल पठाउ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sri_sri_ravi_shankar-1

नयाँ दिल्ली, २८ फागुन । भारतको माथिल्लो सदन राज्यसभामा चर्चित गुरु श्री श्री रविशंकरको मुद्दाले प्रवेश पाएको छ ।

विहीबार मात्रै ‘आर्ट अफ लिभिंग’ नामक धार्मिक संस्थाका अभियन्ता रविशंकरलाई वातारण विनासमा संलग्न भएको ठहर गर्दै भारतको ‘नेशनल ग्रिन ट्राइबुनल’ले ५ करोड रुपैयाँ जरिवाना सुनाएको थियो ।

उक्त निर्णयबाट असन्तुष्ट भएका रविशंकरले यसविरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका थिए । ‘म जेल जान तयार छु तर एक पैसा पनि तिर्दिनँ ।’ उनले भनेका थिए ।

रविशंकरको यस्तो घोषणापछि भारतको माथिल्लो सदनमा यो विषयले हंगामा मच्चिएको हो । राज्यसभामा बोल्दै जेडीयू अध्यक्ष शरद यादवले ‘के श्रीश्री कानून र सिस्टममा माथि हुन् ?’ उनले यो मुद्धामा सरकार पाि मिलेको आरोप लगाउँदै श्रीश्री रविशंकरलाई जेल हाल्नुपर्ने बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभामा बोल्दै कांग्रेस नेता जयराम रमेशले पनि रंविशंकरलाई कारवाही गरी जेल हाल्नुपर्ने धारणा राखे । गुरु रविशंकरमाथि वनजंगल फडानी गरेको र वातावरण विनाश गरेको भन्दै भारतको सरकारी निकाय ‘नेशनल ग्रिन ट्राइबुनल’ले दोषी ठहर गरेको थियो ।