
काठमाडौं, २८ फागुन । नेकपा एमाले निकट युवा संघ नेपालले कालोबजारी विरुद्धको कारवाही अभियानलाई तिव्र बनाएको छ ।
यसैक्रममा संघले शुक्रबार तिनकुनेमा रहेको भ्याली रिकेश सप्लायर्शमा छापा हानेको छ । छापा हान्दा खुलेआम रुपमा कालोबजारी गरेको भेटिएपछि संघले सप्लायर्शको पेट्रोलपम्पमा शिलबन्दी समेत गरेको छ ।

कालोबजारी नियन्त्रण अभियान थालेको युवा संघले कार्बाहीका क्रममा सप्लायर्सको पेट्रोल पम्पमा शिलबन्दी गरेको जनाएको छ । युवा संघ सामाजिक सेवा विभागका प्रमुख रमेश तिवारिको अगुवाईमा संघका नेता सन्जीव रोकाहा प्रचार विभाग सचिव सुजन राई लगायत २५ भन्दा धेरै युवा संघका नेता तथा कार्यकर्ताले पेट्रोल पम्प शिलबन्दी गरेका हुन् ।
एउटै देशमा विभिन्न थरिका पेट्रोलको भाउ राखी कालाबजारी गर्न दिने नेपाल आयल निगमलाई तुरुन्त कारबाही गर्न माग गर्दै युवा संघले कार्बाही प्रक्रिया अघि नबढाए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।












प्रतिक्रिया