१ कार्तिक २०८३, शनिबार

एक्लिएको उत्तर कोरियालाई चीनको साथ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korea_china_2

काठमाडौं, २८ फागुन । विश्वव्यापी नाकाबन्दी खेपिरहेको उत्तर कोरियाको पक्षमा चीन उभिएको छ ।

उत्तरकोरियाविरुद्ध विश्वव्यापी नाकाबन्दी लगाइएको छ भने अब दक्षिण कोरियाले पनि पुरै नाकाबन्दी गर्ने तयारी गरेको छ । दक्षिणले नाकाबन्दी लगाउने भनेपछि चीनले आपत्ति जनाएको छ ।

उसले उत्तरकोरियामा नाकाबन्दी लगाउँदा आफ्नो देशलाई पनि अप्ठ्यारो पर्ने भन्दै आवाज उठाएको छ । एकपक्षीय नाकाबन्दीको चीनले विरोध गरेको हो ।

उसले उत्तरकोरियाविरुद्ध एकपक्षीय नाकाबन्दी लगाउँदा समस्याको समाधान गर्न नसक्ने बताएको हो । दक्षिण कोरियाले उत्तरकोरियालाई एकपक्षीय नाकाबन्दी लगाउने तयारी गरिरहँदा चीनले त्यसको खण्डन गर्दै दक्षिण कोरियाले उत्तरकोरिया विरुद्ध लगाउने एकपक्षीय नाकाबन्दीले चीनको हितमा क्षति ल्याउने सम्भावना रहेको भन्दै चर्को विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ परराष्ट्र मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता होङ लैले उत्तर कोरियाको सुरक्षा परिस्थिति जटिल भएको र समस्यासित सम्बन्धित पक्षले शान्तिपूर्ण उपायद्धारा समस्या समाधान खोज्नुपर्ने कुरामा जोड दिएका छन् ।