सिड्नी । “सद्भाव का लागि महिला साहित्य “भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ पछीको ठूलो र बिस्तृत संजालको रुपमा स्थापित साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा सम्पन्न भएको उक्त तीन दिने सम्मेलनलाइ अनेसास अस्ट्रेलियाले ब्यबस्थापन गरेको थियो ।
महोत्सवको पहिलो दिन गत शुक्रबार विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न स्टेटबाट आएका अतिथिहरुलाई स्वागत स्वरूप रात्रिभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा अनेसास, अस्ट्रेलियाले बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ सानदार ढंगले अतिथीहरुलाई स्वागत गरेको थियो ।
अनेसासका केन्द्रिय उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटा तथा भिक्टोरियाबाट प्रतिनिधित्व गरेका साहित्यकार तथा गायक दिक्पाल देव पंगेनीले संयुक्त रुपमा संचलान गरेको उक्त रात्रिभोजको कार्यक्रममा सिड्नीका स्थापित हाँस्यकलाकार भूपेन्द्र चुडालले दर्शकहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाएका थिए भने चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो ।
अनेसास अस्ट्रेलियाका महासचिव तथा “हलचल “ गायक विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए ।
पहिलो दिनको उक्त रात्रि भोजमा सम्मेलनको प्रमुख अतिथी डा.गाग्री शर्मा तथा अनेसास केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्मा ले अनेसास अस्ट्रेलियालाई धन्यबाद ज्ञापन गर्नु भाको थियो ।















प्रतिक्रिया