
काठमाडौं, २७ फागुन । चर्चित गुरु रविशंकरलाई भारतको एउटा सरकारी निकायले कारवाही गरेको छ ।
‘आर्ट अफ लिभिंग’ नामक धार्मिक संस्थाका अभियन्ता रविशंकरलाई वातारण विनासमा संलग्न भएको ठहर गर्दै भारतको ‘नेशनल ग्रिन ट्राइबुनल’ले कारवाही गर्दै ५ करोड रुपैयाँ जरिवाना सुनाएको छ ।
‘आर्ट अफ लिभिंग’ अभियानले ३५ बर्ष पुरा गरेको अवसरमा आगामी शुक्रबारदेखि यमुना नदीको किनारमा रविशंकरले बृहत ‘विश्व सांस्कृतिक कार्यक्रम’ आयोजना गर्दैछन् । ३ दिनसम्म चल्ने उक्त कार्यक्रममा ३० लाख बढी मानिस सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त कार्यक्रम स्थल निर्माणका क्रममा आयोजकले व्यापक रुपले वातावरण विनास गरेको ट्राइबुनलको ठहर छ । ट्राइबुनल न्यायधीश र विज्ञहरु भएको सरकारी समिति हो ।
कार्यक्रम नै रोक्नु पर्ने वातावरण पक्षधरले माग गरे पनि ट्राइबुनलले भने रविशंकरलाइ जरिवाना मात्र गरेको हो । उक्त निर्णयबाट असन्तुष्ट भएका रविशंकरले यसविरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन । ‘म जेल जान तयार छु तर एक पैसा पनि तिर्दिनँ ।’ उनले भनेका छन् ।















प्रतिक्रिया