१६ कार्तिक २०८३, सोमबार

दाङमा पसल साउनीमाथि एसिड प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Acid

दाङ, २७ फागुन । दाङमा एक महिला एसिड आक्रमणको सिकार बनेकी छिन् ।

घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै साँझ ७ वजे महिलामाथि एसिड प्रहार गरिएको हो ।

प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आएकी रीता चौधरीमाथि २ जनाको समूहमा आएका अपरिचित व्यक्तिले एसिड प्रहार गरेको पीडितका भाई बसन्त चौधरीले जानकारी दिए ।

एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार चौधरीमाथि यौन प्रस्ताव राखिएको तर, नमानेपछि एसिड हानिएको हुनसक्ने आशंका गरिएको छ ।