१६ कार्तिक २०८३, सोमबार

न्यायाधीश सिफारिसविरूद्ध रिट, दर्ता चाहिँ भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprme_court_of_nepal

काठमाडौँ, २७ फागुन । संविधानविपरीत न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ न्यायाधीश सिफारिस गरेको जनाउँदै आज सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

न्याय परिषद् अध्यक्ष एवम् प्रधानन्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लगायतविरुद्ध अधिवक्ता डा विजयसिंह सिजापतिले पेस गरेको निवेदनमा संविधान विपरीत न्यायाधीश नियुक्तिको सिफारिस गरिएको तथा नयाँ संविधानमा व्यवस्था भएअनुसार सुनुवाइ समिति नभएको अवस्थामा आफ्ना मानिसलाई न्यायाधीश बनाउने मनसाय राखिएको बताइएको छ तर आइतबार रिट निवेदन पेस गरिए पनि आजसम्म दर्ता भएको छैन । रासस