काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा नेता खुमबहादुर खड्काले सबैलाई उछिनेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा खड्काले पुनः अग्रता लिएका हुन् ।
बिहिबार साँझसम्म गणना भएको ३५० मतको परिणाम अनुसार खड्काले २१४ मत प्राप्त गरेका छन् ।
यसअघि अग्रता लिएका प्रकाशमान सिंह भने पछाडी परेका छन् । उनले २१३ मत प्राप्त गरेका छन् । त्यसैगरी शेखर कोइरालाले २०५ मत पाएका छन् ।
खुलातर्फबाट २५ जना केन्द्रीय सदस्यका लागि ९० जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
टप २५ मा को–को ? हेर्नुस् सूचीः
खुमबहादुर खड्का २१४
प्रकाशमान सिंह २१३
डा. शेखर कोइराला २०५
प्रदीप पौडेल २०१
प्रदीप गिरी २००
बालकृष्ण खाँड २००
विमलेन्द्र निधी १९९
महेश आचार्य १९०
केबी गुरुङ १८९
पूर्ण बहादुर खड्का १८६
रमेश लेखक १८६
विश्वप्रकाश शर्मा १८१
डा. रामशरण महत १७८
धनराज गुरुङ १७७
डा. प्रकाश शरण महत १७७
सुजाता कोइराला १७७
शंकर भण्डारी १७५
गोपालमान श्रेष्ठ १७१
बलबहादुर केसी १७०
डा. मिनेन्द्र रिजाल १६८
चन्द्र भण्डारी १६२
डा. नारायण खड्का १६०
ज्ञानेन्द्रबहादुर कार्की १५९
बद्री पाण्डे १५८
एनपी साउद १५६












प्रतिक्रिया