१ कार्तिक २०८३, शनिबार

अमेरिकामा फेरि अर्काे गोली काण्ड, पाँचको ज्यान गयो, हत्याराको खोजीमा प्रहरी परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usa-gun-fireवासिङ्टन, २७ फागुन । संयुक्त राज्य अमेरिकामा फेरि अर्काे गोली काण्ड भएको छ । त्यसमा परी कम्तीमा पनि पाँच जना मारिएका छन् ।

पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेको समाचार छ । मारिनेमा चार जना महिला र एकजना पुरुष रहेको बताइएको छ ।

चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन् ।

पेन्सिलभानियाको विल्किन्सबर्गमा सो घटना भएको हो । घटनास्थलको अध्ययनबाट दुई फरक फरक हतियार प्रयोग भएको देखिएको प्रहरीको भनाई छ ।

प्रहरीले हत्याराको खोजी व्यापक मात्रामा गरेको छ तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरेको छैन ।

एक व्यक्तिको घर परिसरमा बसेर रातिको समयमा खाइरहेका परिवारका सदस्यलाई लक्ष्यगरी गोली चलाइएको पाइएको प्रहरीको भनाई छ ।

प्रहरीले यसरी गोली हान्ने व्यक्ति आफ्नै साथी हुनुपर्ने अनुमान गरिएको पनि जानकारी दिएको छ । घर परिसरमा बसेर रातिको समयमा रमाइलो गरी खाइरहेका बेला सो घटना भएको अनुमान प्रहरीको छ ।

अमेरिकामा नागरिकले व्यक्तिगत रुपमा नै बन्दुक राख्न पाउने कानुनी प्रावधानका कारण पछिल्लो समयमा यस्ता गोलीकाण्डका दुर्घटनाहरु कैयौँ हुने गरेका देखिन्छन् । रासस/एएफपी