१६ कार्तिक २०८३, सोमबार

त्रुटि सच्याउन पूर्वाञ्चल विश्वविद्यालयलाई सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yuba-sanghकाठमाडौं, २७, फागुन । पूर्वाञ्चल विश्वविद्यालय भित्रका त्रुटि सच्याएर अघि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले आज काठमाडौंमा गरेको राजनीतिक छलफलमा सहभागी सरोकारवालाहरुले विश्वविद्यालयको भौतिक संरचना पर्याप्त भए पनि गुणस्तरीय शिक्षा दिन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनावश्यक हस्तक्षेपका कारण पदाधिकारी र कर्मचारीहरुको मनोवल गिरेको बताउनुभयो । उहाँले राम्रो काम गरेर भविष्यमा परिणाम निकाल्ने शिक्षा क्षेत्रमा खेलवाड नगर्न सुझाव दिनुभयो ।

संसद्को महिला तथा बालबालिका समितिकी सभापति रञ्जु ठाकुरले पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता नै नभएको भन्दै सुरुमा दर्ता प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । उहाँले सात वटा प्रदेशमा सात वटै विश्वविद्यालय हुनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइरालाले राजनीतिक आग्रह पूर्वाग्रहबाट शिक्षा क्षेत्र मुक्त हुनुपर्ने बताउनुभयो ।
नेपाल बार एशोसियसनका उपाध्यक्ष टीकाराम भट्टराईले विश्वविद्यालयमा धेरै अनियमितता हुने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताउनुभयो ।

नागरिक अगुवा कृष्ण भट्टराईले कर्मचारीले गरेको भ्रष्टाचार र माछाले खाएको पानी नदेखिने भन्दै स्रोत साधन सम्पन्न नभएर पनि काम हुन नसकेको बताउनुभयो ।