१५ कार्तिक २०८३, आइतबार

भारतले अघोषित रुपमा कब्जा जमाउन सुरु गर्‍यो: बिजुक्छे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheभक्तपुर, २७ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका कलकारखाना बन्द हुनुमा भारतको हात रहेको बताउनु भएको छ ।

‘अष्ट ज अभियान’ले भक्तपुरमा बुधबार आयोजना गरेको कृषक अन्तक्र्रिया तथा भक्तपुर जिल्ला भेलालाई सम्बोधन गर्दै बिजुक्छेले भारतले नेपालका केही नेतालाई कमिसन दिएर नेपालको उद्योगधन्दा धराशायी बनाएको आरोप लगाउनुभएको हो ।

उहाँले अहिले पनि नेपालका नदीनालामाथि भारतको आँखा परेको चर्चा गर्दै पछिल्लो समय भारतकै इशारामा तराईमा भएको आन्दोलन र नाकाबन्दीले पनि नेपाली उत्पादन क्षेत्र धराशायी भएकोे बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले नेपालको तराई भूमिमा भारतले अघोषित रुपमा कब्जा जमाउन सुरु गरिसकेको आरोपसमेत लगाउनुभयो । उहाँले तराईमा भएको आन्दोलन तराईका गरिब किसान तथा मजदुरको हितमा नभएको चर्चा गर्दै आन्दोलनले किसान थप शोषित र पीडित भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, अष्ट ज अभियानका पदाधिकारी र कार्यक्रममा उपस्थित किसानले किसानका विभिन्न समस्याका बारेमा चर्चा गर्दै सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा विशेष लगानी गर्नुपर्ने बताए । रासस