७ कार्तिक २०८३, शनिबार

गृहमन्त्री शक्तिले यसरी फसाएछन् विद्या भण्डारी र केपी ओलीलाई !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-bashnet

काठमाडौं, २७ फागुन । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले एक महिनाअगाडि नै सकिएको चाडको अवसरमा बुधबार शुभकामना सन्देश दिएर राज्यको लथालिंग चाल उदांग पारेका छन् ।

शेर्पा समुदायले माघ २६ गते नै मनाइसकेको ग्याल्बो ल्होसारको एक महिनापछि बुधबार (फागुन २६ गते) सरकारले सार्वजनिक बिदा मात्र दिएन, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपीशर्मा ओली समेतले औपचारिक शुभकामना दिएका थिए ।

गृह मन्त्रालय र पञ्चंग निर्णायक समितिको लापरबाहीले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख राजनीतिक दलसमेत झुक्किए । पञ्चांग निर्णयक समितले २०७२ सालको पात्रोमा फागुन २६ गते ग्याल्बो ल्होसार उल्लेख गरेको थियो ।

नेपाल शेर्पा संघले पुस ३ गते नै गृहमन्त्री शक्तिब हादुर बस्नेतलाई भेटेर ग्याल्बो ल्होसार माघ २६ गते पर्ने जानकारी गराएको थियो । माघ २६ गते नै तामाङहरुको सोनमा ल्हासार परेकाले प्रधानमन्त्री लगायतले सोनाम ल्होसारलाई शुभकामना दिएका थिए ।

गृहमन्त्री र गृहमन्त्रालाई औपचारिक रुपमा पुस ३ गते नै जानकारी दिए पनि सरकारले भने गल्ती सच्याएन । जिम्मेवार मन्त्री र मन्त्रालयको लापरवाही बुधबार छताछुल्ल भयो । सरकारले एक महिनाअघि नै मनाइसकेको चाडको बिदा दियो । नागरिक दैनिकमा समाचार छ ।