१५ कार्तिक २०८३, आइतबार

भारतको घमण्ड तोड्न वाइसीएलले ल्यायो नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

YCL Nepal

बुटवल, २७ फागुन । एमाओवादी निकट वाइसीएल नेपालले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा उत्तरी सबै नाका खुला गरी व्यापार विविधिकरण गर्न माग गरेको छ ।

वाइसिएल नेपालको केन्द्रीय समितिको शनिबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न बैठकले चीनस“ग इन्धन सम्झौता गरी देशको व्यापारलाई विबिधिकरण गर्न माग गरेको हो ।

बैठकपछि क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाइसिएलका अध्यक्ष रामचन्द्र शर्माले भारतस“गको परनिर्भरता तोडन प्रधानमन्त्रीले उत्तरी छिमेकी देश चीनस“ग इन्धन सहित अन्य व्यापारिक सम्झौता गर्न आग्रह गरे ।

उनले संविधान कार्यान्वनका लागि पनि संगठनले बिशेष भूमिका खेल्ने बताए । ‘संविधानले सबै नेपालीको अधिकारको ग्यारेन्टी गरेको छ, यसको कार्यान्वय मूख्य आवश्यकता हो’ उनले भने । शर्माले बढदो कालोबजारी, भ्रष्चचार, महंगीका बिरुद्ध वाइसिएलले संघर्ष गर्ने बताए । उनले वाइसिएल पुनःगठित भएको भन्दै अब समाज रुपान्तरण गरे देशको आर्थिक समृद्धिको दिशामा केन्द्रित भएर काम गर्ने बताए ।

त्यस्तै संगठनले ४५ दिनमा ५० वटा जिल्लामा बैठक, भेला तथा सम्मेलन गरी झण्डै ५४ हजार सदस्यता बितरण गरिएको वाइसिएल महासचिव रामप्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै ८३ वटा नगर सम्मेलन तथा २ हजार ७ सय ४१ इकाई कमिटी गठन पुनःगठन भएको जानकारी दिए ।

त्यस्तै अभियान अन्तर्गत तीन महिनामा ३ लाख नया“ सदस्य संगठनमा आबद्ध गराउने बैठकले निणर्य गरेको सापकोटाले बताए । संगठनले एकीकृत नेकपा माओवादीबाट अलग्गिएर छुट्टै नया“ शक्ति निर्माण गरेका बाबुराम भट्टराईले पानीको फोकाको संज्ञा दिएको छ ।

क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा सचिव मोहन न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।