१५ कार्तिक २०८३, आइतबार

कसले भन्यो ?, ‘बाबुरामको नयाँ शक्ति पानीको फोका’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

YCL Nepal– विकाश पराजुली

बुटवल, २७ फागुन २७ । वाइसिएल नेपालले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा उत्तरी सबै नाका खुला गरी व्यापार विविधिकरण गर्न माग गरेको छ ।

वाइसिएल नेपालको केन्द्रीय समितिको शनिबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न बैठकले चीनसँग इन्धन सम्झौता गरी देशको व्यापारलाई विबिधिकरण गर्न माग गरेको हो ।

बैठकपछि क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाइसिएलका अध्यक्ष रामचन्द्र शर्माले भारतसगको परनिर्भरता तोडन प्रधानमन्त्रीले उत्तरी छिमेकी देश चीनसँग इन्धन सहित अन्य व्यापारिक सम्झौता गर्न आग्रह गरे ।

उनले संविधान कार्यान्वनका लागि पनि संगठनले बिशषे भूमिका खेल्ने बताए । ‘संविधानले सबै नेपालीको अधिकारको ग्यारेन्टी गरेको छ, यसको कार्यान्वय मूख्य आवश्यकता हो’ उनले भने ।

शर्माले बढदो कालोबजारी, भ्रष्टचार, महँगीका बिरुद्ध वाइसिएलले संघर्ष गर्ने बताए । उनले वाइसिएल पुनःगठित भएको भन्दै अब समाज रुपान्तरण गरे देशको आर्थिक समृद्धिको दिशामा केन्द्रित भएर काम गर्ने बताए ।

त्यस्तै संगठनले ४५ दिनमा ५० वटा जिल्लामा बैठक, भेला तथा सम्मेलन गरी झण्डै ५४ हजार सदस्यता बितरण गरिएको वाइसिएल महासचिव रामप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै ८३ वटा नगर सम्मेलन तथा २ हजार ७ सय ४१ इकाई कमिटी गठन पुनगठन भएको जानकारी दिए । त्यस्तै अभियान अन्तर्गत तीन महिनामा ३ लाख नयाँ सदस्य संगठनमा आबद्ध गराउने बैठकले निणर्य गरेको सापकोटाले बताए ।

संगठनले एकीकृत नेकपा माओवादीबाट अलग्गिएर छुट्टै नयाँ शक्ति निर्माण गरेका बाबुराम भट्टराईले पानीको फोकाको संज्ञा दिएको छ ।

क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा सचिव मोहन न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।