१ कार्तिक २०८३, शनिबार

अमेरिकाले तेहरानविरुद्ध कारबाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tehran_जेरुसेलम, २७ फागुन । अमेरिकी उपराष्ट्रपति जो विडेनले बुधबार आफ्नो इजरायल तथा प्यालेस्टाइन भ्रमणका क्रममा यदि इरानद्वारा हालै मात्र गरेको आणविक सम्झौता उल्लङ्घन हुनेगरी क्षेप्यास्त्र परीक्षण गरेको पाइएमा यसविरुद्धको कारबाही गर्न अमेरिका पछि नहट्ने बताउनुभयो ।

मैले पुनः दाहो-याएर यो भन्न चाहन्छु कि यदि तेहरानले साँच्चै आणविक सम्झौता उल्लङ्घन हुनेगरी चर्चा गरिएजस्तै क्षेप्यास्त्र परीक्षण गरेको भए आफ्नो देश यसको प्रतिवाद गर्नेछ, उपराष्ट्रपति विडेनले भन्नुभयो ।

तर, तेहरानले मिसाइल परीक्षण गरेकोबारे अझै विश्वस्त खबर भने आइनसकेको उहाँले बताउनुभयो ।

मङ्गलबार इरानले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको खबरसँगै अमेरिकाले यस विषयलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा उठाउने बताएको थियो ।

तेहरानले बुधबार पनि आफ्नो आन्तरिक प्रतिरक्षाका लागि भन्दै थप दुई मिसाइल परीक्षण गरेको हो ।

इरानद्वारा गरिएका क्षेप्यास्त्र परीक्षण इजरायलसम्म पुग्ने किसिमका भएको, इरानी रिभोलुसनरी गार्डको ‘एरोस्पेस’ एकाईका प्रमुख जनरल अमिर अलि हजिजादेहले बताउनुभयो ।

इरानसँगको आणविक सम्झौताबारे विरोध जनाउँदै आएका इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहूसँगको भेटपछि विडेनले सो कुरा जनाउनुभएको हो ।

इरानसँग विश्व शक्ति राष्ट्रले केही समय पहिला गरेको आणविक सम्झौता कार्यान्वयनमा आएको बताइएको केही हप्ता बित्न नपाउँदै इरानले अमेरिकी दबाबाका बीच आफ्नो शक्ति प्रदर्शन गरेको विश्व समुदायको विश्लेषण छ । एएफपी