सिरहा, २७ फागुन । एमाले निकट युवा संघ नेपालले सिरहा जिल्लाको विष्णुपुरा कट्टी गाविसका आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
फागुन ९ गते भीषण आगजनी हुँदा ३२ घर जलेर नष्ट भएका थिए । युवा संघ नेपाल, केन्द्रीय प्राकृतिक प्रकोप न्यूनीकरण विभागले ३१ वटा घर परिवारलाई पाँच लाख वरावरको राहत वितरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक घरलाई एक वोरा चामल, कम्वल, अस्थायी शौचालय, रिराक, डसना, पानी खाने भाडा लगायत सरसामन वितरण गरेको छ ।
राहत वितरणका लागि संघका अध्यक्ष राजीव पहारी विष्णुपरा कट्टी पुगेका थिए । पहारीसँगै उपाध्यक्षहरू दिलु पन्त, रमेश पौडेल, चन्द्र लामा, महासचिव किरण पौडेल, सचिव मंजु यादव, सिरहा एमालेका अध्यक्ष प्रमोद यादव, युवा संघका सचिवालय सदस्य सञ्जीवकुमार झा लगायतको पनि राहत वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।













प्रतिक्रिया