काठमाडौं, २७ फागुन । ह्याकरहरुले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
टेलिकमले उक्त दाबीलाई असत्य भनेको समाचार नागरिक दैनिकले छापेको छ ।
ह्याकर दाबी गर्नेले आफ्नो अपरिचित फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै टेलिकमको सिस्टम कन्ट्रोल आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।
ह्याकरले नेपाल टेलिकममा ठूलो स्तरमा भ्रष्टाचार भइरहेको र त्यसको अनुगमन गरिरहेको दाबी गरेका छन् ।
ह्याकरहरुले भने सिस्टममा खराबी नआएको बताएको छ ।















प्रतिक्रिया