चितवन, २७ फागुन । कसैलाई झोक चलेमा कहिलेकाहीँ बाउको विहे देखाइदिन्छु भन्ने गरेको सुनिन्छ ।
तर यहाँका एक किशोर साँच्चिकै बाबुआमाको विहेमा जन्ती गए । एसएलसीको तयारीमा जुटेका सुरेश वाइवा अभिभावकको विहेमा रमेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भरतपुर ३ क्षेत्रपुरका ४५ वर्षीय कमल वाइवा र ३६ वर्षीया राममाया थोकरबीच आइतबार घुमधामले विवाह भएको थियो ।
मकवानपुर हाडिँखोला ९ डिल्लीपुर स्थायी घर भएका पतिपत्नीले आफ्नो संस्कृति अनुसार दोस्रो पटक विवाह गरेका हुन् ।















प्रतिक्रिया