१५ कार्तिक २०८३, आइतबार

कुकुर व्यवस्थापनका लागि तथ्याङ्क लिने काम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dog Kukur Nepalकाठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि तथ्याङ्क सङकलनको काम सुरु गरेको छ ।

महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठकाअनुसार महानगरको तीन वर्षे कार्यक्रमअन्तर्गत सामुदायिक कुुकुरको तथ्याङ्क लिने काम सुरु गरेको हो ।

विभिन्न स्थानमा छाडा रूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक रुपमा कुकुरको सङ्ख्या बढेका कारण नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिकाका सक्रियता रहने छ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

सोही क्रममा रेविज रोग लागेको÷नलागेको र अन्य रोगको पनि तथ्याङ्क लिइने भएको छ ।

महानगरका ३५ वडामा सञ्चालन गर्न लागिएको यस अभियानको पहिलो चरणको तथ्याङ्कको काम सम्पन्न गर्न करिब एक महिनाको समय लाग्ने बताइएको छ । तथ्याङ्क सङ्कलनको काम सक्ने बित्तिकै व्यवस्थापनको अन्य काम थालिनेछ । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ ।

गत शुक्रबारदेखि सिंहदरबारभित्र रहेका झन्डै ४०० कुकुरको व्यवस्थापन गर्न गत शुक्रबारदेखि बन्ध्याकरण गर्ने भइरहेको छ । रासस