काठमाडौं, २६ फागुन । निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले आफ्नो पहिलो एयरबस काठमाडौं ल्याइपु-याएको छ ।
तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न एयरबस ल्याएको हो ।
एयरलाइन्सले आगामी चैत ३० गतेदेखि व्यवसायिक उडान शुरु गर्ने तयारी गरेको छ । चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिइएको हो । ए ३२० नामक १ सय ५८ सिटे जहाजले पहिलो चरणमा दिल्ली र कतारमा उडान भर्ने छ ।
एयरलाइन्सले केही महिनापछि अर्को एयरबससमेत ल्याउने तयारी गरेको छ । यती इन्भेस्टमेन्ट ग्रुपले हिमालयन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान शुरु गर्न लागेको हो ।















प्रतिक्रिया