१५ कार्तिक २०८३, आइतबार

एमाले नुवाकोटमा खतिवडा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-nuwakot

नुवाकोट, २६ फागुन । नेकपा (एमाले) नुवाकोटको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानको अन्तिम परिणाम आज बिहान सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार अध्यक्ष पदमा नारायणप्रसाद खतिवडाले ३४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी विन्दा ढुङ्गानाले २४१ मत प्राप्त गर्नुुभएको छ ।

सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षदेखि विभिन्न पदमा ७१ जनाका लागि भएको निर्वाचनमा नारायणप्रसाद खतिवडाको खेमाले बहुमत कायम गरेको छ । खतिवडाका ४४, ढुङ्गानाका २१ र दुबै खेमामा आफ्नो नाम राखेका छजना निर्वाचित भएका छन् । सबैभन्दा बढी मत महिला सदस्यका उम्मेदवार शान्ता थापाले ३५७ र सबैभन्दा कम लेखा कमिटीका सचिवका उम्मेदवार आशीषकुमार मिजारले ३२ पाउनुभएको छ ।

उपाध्यक्षमा बद्री मैनाली, सचिवमा बुद्धि प्रधान र उपसचिवमा विष्णुप्रसाद लोहनी विजयी हुनुभएको छ । यसैगरी निर्वाचन कमिटीको अध्यक्षमा यमप्रसाद खतिवडा र लेखा कमिटीको अध्यक्षमा पद्म उप्रेती चुनिनुुभएको छ । रासस