२८ आश्विन २०८३, बुधबार

तेरियाले दुबाई तताउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teria-magar

त्रिलोचन कोइराला

दुबई । भारतीय टिभी च्यानल जी टिभीले आयोजना गरेको डिआइडी लिटल मास्टरको बिजेता नेपाली चेली तेरिया फौजा मगर अहिले बिदेशी भूमिमा हुने बिभिन्न सास्कृतिक कार्यक्रममा सहभागी हुने क्रममा आगामी अगष्ट २९ तारिख दुबई आउने भएकी छिन ।

नेपाली आदिवासी जनजाति महासंघ यूएईले जुलाई २५ तारिख दुबईको नेपाली रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै जि टिभीसँगै तेरियालाई दुबई ल्याउने तयारी सम्झौता सम्पन्न भएको जनाएको छ ।

नेपाली आदिवासी जनजाति महासंघ यूएईले डिआइडी लिटल मास्टर ३ की बिजेता तेरिया प्रतियोगिताको उत्कृष्ट १० भित्र परेदेखि नै भोटिङ अभियान चलाएको थियो । उनी उत्कृष्ट ५ मा पर्ने बितिकै महासंघले तेरियालाई युएई ल्याउने बिभिन्न सामाजिक सन्जालमा घोषणा गरे अनुसार नै अगष्ट २९ तारिख ल्याउन लागेको महासंघले जनाएको छ ।

Janajati-mahasang-USE

विश्व आदिवासी दिवस २०१४ को अबसरमा अगष्ट २९ तारिख बरदुबईको शेख राशिद अडिटोरीयममा आयोजना गरिने नेपाली साँस्कृतिक कार्यक्रममा डिआइडी लिटल मास्टर ३ की बिजेता तेरीया फौजा मगरल दुबाई तताउने छिन ।उनका साथमा नोभेम्बर रैनकी नायिका छुल्थिम डोल्मा गुरुङले पनि आङ्खनो प्रस्तुति प्रर्दशन गर्ने बताएको छ । स्थानीय कलाकारहरुका साथै युएइमा रहेका बिभिन्न आदिबासी जनजातिहरुको साँस्कृतिक झाँकी पनि प्रदशन गर्न लागिएको कार्यक्रममा सहभागी हुन नेपाली आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष नरेन्द्रप्रसाद कुमाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रम सम्पन सम्पन्न गर्न अध्यक्ष डिआर गुरुङको संयोजनमा आयोजक समिति बनाइएको छ ।