१ कार्तिक २०८३, शनिबार

क्वाटरफाइनलमा पुग्यो रियल मड्रिड, अन्तिम समयमा गज्जबको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

real-madrid1काठमाडौं, २६ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले प्रगति गरेको छ ।

जसअनुसार मंगलबार राति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा ईटालीको एएस रोमालाई २–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रियलको जितमा क्रिस्टियानो रोनाल्डो र हामेज रोड्रिग्वेजले एक–एक गोल गरेका थिए ।

पहिलो लेगको खेल २–० ले जितेको रियल मड्रिड गएरातिको जितपछि समग्रमा ४–० को नतिजा निकाल्दै अन्तिम आठमा पुगेको हो ।

उता बेल्जियमको गेन्टलाई पाखा लगाउँदै जर्मनीको उल्फवर्ग पनि क्वाटरफाईनलमा पुगेको छ । गएराति भएको दोस्रो लेगको खेल १–० ले जितेको उल्फवर्ग समग्रमा ४–२ ले विजयी भएको हो ।