
काठमाडौं, २६ फागुन । काँग्रेसको १३ औं महाधिवेशनमा संस्थापनबाटै विद्रोही समूह बनाएर उम्मेदवारी दिएका कृष्ण सिटौला र गगन थापा यतिखेर चर्चामा छन् ।
सिटौला सभापति र थापा महामन्त्रीमा पराजित भए पनि पार्टीभित्र उनीहरुको लोकप्रियता र बर्चश्व राम्रो रहेको देखियो ।
सिटौलाले के पाए, के गुमाए ?
१. चुनावको पूर्ण तयारी गर्न र अन्तिमसम्म प्यानल बनाउन सेकनन् । संस्थापन र देउवाका जब्बर प्यानलसँग लड्नुप¥यो ।
२. तेश्रो भए पनि महाधिवेशनअघिको संस्थापन पक्षको आफू पनि नेता भएको स्थापित गरे ।
३.पार्टीभित्र छुट्टै शक्ति निर्माण गर्न सक्ने हैसियत देखाए । देउवा–पौडेलसँगै आफूलाई नेतात्रयको सूचीमा उभ्याए ।
४. अर्को महाधिवशेनका लागि बलियो दाबेदार भएको सन्देश दिए ।
गगनले के पाए, के गुमाए ?
1) उम्मेदवारले स्वभाविक रुपमा आफ्नो समूहमा भोट हाले । तर, पूर्ण प्यानल नभएका गगनलाई ३१२ उम्मेदवारमध्ये अधिकांशले भोट दिएनन् ।
२. महामन्त्रीमै ससुरा अर्जुननरसिंह केसीसँगको प्रतिस्पर्धाले मत काटियो ।
३. कम उमेरमै महत्वाकांक्षी भएको आरोप लगाउनेले मत दिएनन् ।
४.तर पनि गगनले ५८४ मत ल्याए । अघिल्लो महाधिवेशनमा गगनकै शैलीमा महामन्त्रीमा लडेका नरहरि आचार्यले १५२ मत मात्रै पाएका थिए ।
५. पार्टीभित्र आँट गरेर विद्रोह गरे, सम्मानजनक पत पाए र अर्को महाधिवेशनका लागि बलियो जग बनाए । नयाँ पत्रिकामा समाचार छ ।















प्रतिक्रिया