
काठमाडौं, २६ फागुन । कौग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलियो गुट थिए । नेतात्रयका रुपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन ।
गिरिजाप्रसाद र सुशीलसँग टक्क्र लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नमबाटै सम्बोधन गरेर पत्रसमेत लेखे ।
तर पौडेलको त्यस्तो लोकप्रिय रणनीति नभएको बताइएको छ । सुशीलको निधन पछि कार्यवाहक सभापति बने, तर संस्थापनका सबैलाई मान्ने नेता हुन सकेनन् ।
कार्यवाहक सभापति भइसककेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरुलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी लगायतका नेताहरु देउवातिर लागेपछि पौडेल स्वत कमजोर भए ।
किन जिते शशांकले ?
शशांक कांग्रेसउ संस्थापन वीपी कोइरालाका छोरा हुन्, चुनाव जित्न उनीसँग सबैभन्दा ठूलो योग्यता यही थियो ।
शुशीलजस्ता बृद्ध र शान्त नेताले चलाएको कांग्रेस शशांकजस्ता युवाले पनि हाक्न सक्छन् भन्ने विश्वासमा उनलाई अघिबढाउन थालिएको हो ।
पदाधिकारीमा शशांकसँगै सुजाता र शेखरको पनि दबी थियो । तर शशांक महामन्त्री बन्ने पक्का भएसँगै सुजाता र शेखरले पनि कोइराला परिवार एक भएको सन्देश दिए । अर्जुननरसिंह केसीलाई देउवा समूहकै अरु नेताहरुले रुचाएनन् ।
तर, वीपीपुत्र शशांक महामन्त्रीमा जित्दा पार्टी एकढिक्का भएको सन्देशसहित देउवालाई पार्टी चलाउन सहज हुने उनीहरुको बुझाई रह्यो ।पत्रिका दैनिकमा समाचार छ ।















प्रतिक्रिया