जेनेभा, २६ फागुन । दक्षिणपूर्वी कङ्गोस्थित एक तामाखानीमा पहिरो गएपछि खानीमा कार्यरत सात मजदुर मङ्गलबार पहिरोमा परी बेपत्ता भएका स्वीस कम्पनी ग्लेनकोरले बताएको छ ।
ग्लेनकोरका अनुसार खानीको उत्तरी भागमा काम गरिरहेका कामदार पहिरोले पुरिएको आशङ्कामा उनीहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
घटनापछि खानीमा काम गरिरहेका अन्य कामदारलाई सुरक्षित स्थलमा रहन अनुरोध गर्दै खानीमा उद्धार कार्यबाहेक सम्पूर्ण काम रोकिएको छ । एएफपी















प्रतिक्रिया