७ कार्तिक २०८३, शनिबार

कहिले घटाउँछ निगमले तेलको मूल्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gopal-khadkaकाठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटे पनि नेपाली उपभोक्ता महँगो मूल्य नै तिरिरहेका छन् ।

इन्डियन आयल कर्पोरेसनले जनवरी १५ यता ५ वटा नयाँ मूल्यसूची पठाए पनि निगमले भने भाउ घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा आईओसीबाट नेपाललाई इन्धन सस्तो परे पनि निगमले भने २ महिनाअघिकै मूल्य उपभोक्ताबाट असुलिरहेको समाचार कारोबार दैनिकले छापेको छ ।

आईओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ ।

आईओसीले जनवरी १५,३० फेब्रुअरी १, १५ तथा मार्च १ को समेत मूल्यसूची पठाइसकेको छ ।

१ सातापछि मूल्य घटाउन कुनै छलफलसमेत गरेको छैन । ग्यासबाहेकका सबै इन्धनको भाउ घटेर आएको छ ।