७ कार्तिक २०८३, शनिबार

यसरी धमाधम मारिदै छन् विदेशमा नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Kamdarकाठमाडौ, २६ फागुन । चालू आर्थिक वर्षको ७ महिनासम्म रोजगारीको लागि विदेशिएका नेपाली युवा मध्ये ५७७ को मृत्यु भएको छ । ७० नेपाली कामदार अंगभंगभई स्वदेश फर्केका छन् ।

वैदेशिक रोजगार प्रवद्धन बोर्डको तथ्याङ अनुसार चालू आवको पहिलो ७ महिनामा विदेशमा मृत्यु भएका ५७७ नेपाली कारमदारका परिवारलाई आर्थिक साहयता प्रदान गरिएको छ ।

बोर्डको कल्याणकारी कोषबाट प्रतिमृतक कारमदारको परिवारलाई ३ लाख रुपैयाँ अर्थिक साहयता प्रदान गरिन्छ । कारोबार दैनिकले समाचार छापेको छ ।

त्यस्तै विदेशमा काम गर्दागर्दै घाइते वा अंगभंग भई घर फर्केका ७० कामदारलाई ७० हजारदेखि ३ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइएको बोर्डले जनाएको छ ।