७ कार्तिक २०८३, शनिबार

पौडेलले हार्नुको यी प्रमुख कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Poudelकाठमाडौं, २६ फागुन । कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलियो गुट थिए । नेतात्रयका रुपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन ।

गिरिजाप्रसाद र सुशीलसँग टक्कर लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नामबाटै सम्बोधन गरेर पत्रसमेत लेखे । तर पौडेलको त्यस्तो लोकप्रिय रणनीति थिएन । नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

सुशीलको निधन पछि कार्यवाहक सभापति बने, तर संस्थापनका सबैलाई मान्ने नेता हुन सकेनन् । कार्यवाहक सभापति भइसककेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरुलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी लगायतका नेताहरु देउवातिर लागेपछि पौडेल स्वतः कमजोर भए ।

संस्थापन पक्षकै सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । देउमा समूह एकजुट रुपमा देउवाको लागि मत माग्न व्यस्त थिया । तर, पौडेलले समूहमै महत्व पाएनन् । उनका पक्षका उम्मेदवार आफूलाई मात्र मत मागिरहेका थिए ।