१५ कार्तिक २०८३, आइतबार

भूकम्पपछि ५८ बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakhaदोलखा, २५ फागुन । भूकम्पपछि यहाँ ५० जना बढी बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०७२/०७३ को साउनदेखि यतासम्म गरेर आठ महिनामा जिल्लाका दुई नगरपालिका र २९ गाविसबाट ५८ जना बेपत्ता भएको उल्लेख छ । कार्यालयको तथ्याङ्कअनुसार ८० जना हराएको निवेदन परेकामा ३० जना सम्पर्कमा आएका छन् भने बाँकी अझै बेपत्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो ।

निरीक्षक सुनुवारले बेपत्ता हुनेको कारणसहित अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीका अनुसार हराएकामा सबैभन्दा बढी बालबालिका, किशोर र ज्येष्ठ नागरिक छन् ।

तथ्याङ्कनुसारबेपत्ता हुनेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट १३ र कममा सुष्पाक्षमावती गाविसबाट आठ तथा जिरी नगरपालिकाबाट सात छन् । रासस