२९ आश्विन २०८३, बिहिबार

गोलीको आवश्यकता किन प-यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prasanta-Mahasagarसमयको कुरा भनौं या बुझाउनेहरुको बुझाई भनौं आखिरमा जे भन्दा नि अर्थ उही आउँछ भने या सही कुरालाई मनन गर्छ भने त्यो जीव पक्कै पनि मनुष्य हुनुपर्छ । अर्को शब्दमा मनुष्य हुन योग्य हुनुपर्छ हामीले बुझ्ने यति नै हो । आजभोलि मनुष्यले म मनुष्य हुँ भन्ने आभास गराउन मनुष्यत्वबाट गिरेर कार्यहरु सम्पादन गर्न अग्रसर भएको कुरालाई सबै सिद्धान्तले बुझे पनि अपवादको रुपमा बिर्सिने चेष्टाहरु व्यापक भइरहेको पाइन्छ । हुन त हामी अर्थात् मानव प्रजाति चन्द्रमामा कसरी मानव बस्ती बसाल्ने भन्ने सोचसँगै अग्रसर छौं । अतः मेरो उद्देश्य जीवनलाई पछाडितिर धकेल्नु नभईकन जीवनका कदम अगाडि बढाउनु हो । जुन धूलो मैलो सँगसँगै धब्बाहरु कुनै विध्वंस भए, कुनै आफ्नै स्वार्थहरु बने, कुनै अहम्हरु सिद्ध भए । जसले मानवीय सोचमा एउटा अपराधलाई स्थापित गराउँदै लगे मानौं विकासभन्दा अगाडि विनाश लागे झैं जसको रोकथामका लागि मानव जगत चूप बसेको नै देखियो भने कत्तिले त कमाई खाने भाँडो पनि सम्झे । फलतः यहाँ युद्धलाई प्राप्तिको भाषामा प्रयोग गर्न थालियो । शान्तिलाई विस्थापित गराउँदा नै लक्ष्य प्राप्ति हुन्छ भन्ने सिद्धान्तहरु अग्रसर भएको देख्न पाइएको छ । साथसाथै विखण्डन जसले एकताको बलको भाषामा प्रज्वलित दिप संज्ञा पाएका छन् भने हामी निम्न सोचका मानवहरु लहलहैमा परिवर्तन भन्दै आफैंबाट प्रतिकारको शिकार हुँदै गयौं । कुनै बनजंगल फडानीपछि पहिरोको उच्च जोखिममुनि बस्ति बसाएर उन्नति र समृद्धिको समाजमा छौं भन्दै रमी रहेका छौं । यो भनेको सुरक्षाका लागि बनाइएका हतियार संहारका लागि बनिँदै जाँदा मनुष्यको चेत कता हराईयो भन्नु नै हो ।

हामीसँग भाषा छ मिलाउने पनि अनि नमिलाउने पनि । यदि हामी मानव हुँ भनी गर्वका साथ भन्छौं भने नमिल्ने भाषा हामीले सिक्ने किन ? साथै मानवलाई नमिल्ने भाषा सिकाउने किन ? हो, हामी अव्यवस्थित हुँदा खोसेर खान्छौं, अभाव हुँदा लुटेर खान्छौं यी दुई कुरा हामीले हामीलाई मानव हुँ भनी चिन्न नसकेको अवस्थाको परिस्थिति हुन जसको निवारणका लागि हामीले पेशालाई धारण ग-यौं र हामी मानव भयौं ।

कुनै समय हतियार सुरक्षाकै लागि बनाएको कुरालाई शायदै कसैले नकार्ला तर अहिलेको समयमा मानव प्रजातिलाई मात्र अहम् र क्रोध साथै स्वार्थबाट बाहेक कुनैबाट पनि खतरा मैले महसुस गरेको छैन भने हतियारको के काम ? हामीसँग भाषा छ मिलाउने पनि अनि नमिलाउने पनि । यदि हामी मानव हुँ भनी गर्वका साथ भन्छौं भने नमिल्ने भाषा हामीले सिक्ने किन ? साथै मानवलाई नमिल्ने भाषा सिकाउने किन ? हो, हामी अव्यवस्थित हुँदा खोसेर खान्छौं, अभाव हुँदा लुटेर खान्छौं यी दुई कुरा हामीले हामीलाई मानव हुँ भनी चिन्न नसकेको अवस्थाको परिस्थिति हुन जसको निवारणका लागि हामीले पेशालाई धारण ग¥यौं र हामी मानव भयौं । अब पूर्णरुपमा मानव भई सकेपछि पनि लुट्ने र खोस्ने कामलाई पेशा बनाउने सिद्धान्तले हामीमाथि राज्य गर्छन् वा गराउँछौं भने हामीभित्रको दानव मात्र जिउँदो हुनु हो यसको लागि हतियार आवश्यक छ तर सजाय या नरसंहारका लागि हतियार हुनु उचित होईन भने राज्यसँग हुनु त झन् पाप नै हो । हुन त मानव प्रजाति बाँच्न नजानेर नै मर्न हतियारको भण्डारणमा अग्रसर भएको हो भन्ने पनि मलाई लागेको छ । हतियारले तह लगाउने भनेको केवल पशुलाई हो । यो सबै मानव प्रजातिलाई थाहा भएकै कुरा हो र मलाई लाग्छ कोही पनि मानव यहाँ पशु हुन जन्मेका छैनन् । मात्र ऊमाथिको ज्यादतिले ऊ मानव प्रजातिले पशुको प्रहसन गर्ने हो र त्यस्ता प्रहसनमाथि पर्दा गिराउनका लागि मानव प्रजातिले सर्वप्रथम त ज्यादतिको खेल जुन ठूलाबाट सानामाथि भई रहेका छन त्यसलाई त्याग्नु आवश्यक छ भने मानवले मानवलाई चिन्ने प्रयास आजको आवश्यकता हो ।

मानव रम्न हो रमाउन हो । नयाँ नयाँ खोजसँगै नयाँ नयाँ सोच दिएर मायासँग बाँच्नु हो, स्नेह फैलाउनु हो न की युद्धलाई बढावा दिनु आखिरमा एक दिन त अन्त्य छ नै किन विद्रोह विध्वंसद्वारा जीवनको अन्त्येष्टि गराउने ? आज सबैले सोच्नु पर्ने कुरा त्यही नै हो भने हामी भाषाहीन जन्तु जस्तो बनी किन मर्ने ?

मानव प्रजातिको जन्म र मृत्युसम्मको जुन आचरण छ, के का लागि छ भनी बुझाउनु नितान्त आवश्यक कुरा हो । मानव जन्मसँग मानवसँग के के छ भन्ने कुरा सबैलाई अवगत भएकै कुरा हो तैपनि सन्दर्भसँगकै कुरा गर्ने हो भने हिँड्न खुट्टा दुईटा छन् जसको खोज भन्नु नै गन्तव्य अर्थात कुनै निश्चित ठाउँको हो जहाँबाट चाराको लागि केही गर्न सकोस् र त्यसमा पनि सरल, सहज साथै सुविधा होस् भन्ने हेतुले साधनहरु कुनै उड्ने बनाए त कुनै गुड्ने बनाए तर टेक्ने एम्बुस किन बनाए ? यो मानव प्रजातिले मानव प्रजातिका लागि दिनु पर्ने प्रश्नको जवाफ हो । त्यस्तै भोक लाग्छ शुरुका दिनमा त शिकार गरेरै खान्थे तर त्यो पेशा गलत हो भन्ने सोचबाट विभूषित हुँदै जाँदा कृषिसँगै अन्न उत्पादनमा आफ्ना कर्मशील हातहरुको प्रयोग गर्दै व्यापक अन्न उत्पादन गर्दै खाँदै हालसम्मको दिनहरुमा पनि बाँचिदै आएका छन भने भविश्यसम्म पनि अन्नकै आडमा जीवनलाई अन्त्येष्टिसम्म मानव प्रजातिले लगिँदै जाने भविश्यवाणीहरु रहिरहने छन् नै । यसमा कसैको दुई मत जाहेर हुँदैन पनि । अब रह्यो सृष्टिको अन्न र पानी पिएर बाँच्ने मानव प्रजातिलाई एक अर्काको ज्यान खोस्न गोलीको आवश्यकता किन प¥यो ? यो पनि मानव प्रजातिले मानव प्रजातिलाई दिनु पर्ने प्रश्नको जवाफ प्रतिक्षारत प्रश्न हो । अर्को हावाहुरी, तातोचिसो आदीबाट बच्न साथै जंगली जनावरबाट बच्न पनि हामी समाजमा प्रवेश ग¥यौं र समाजमा घर बनाई एक अर्कोमा सुखदुःख बाँड्दै रह्यौं जहाँ परिवार बने भने जन्मजात हामी मानव प्रजाति शाकाहारी प्राणी नै हौं भन्ने पुष्टिलाई साकार गर्दै आयौं भने घरबस्ति नष्ट पार्ने बमहरु मानव समाजमा मानवीय नरसंहारको लागि किन बर्षाउने मन्त्रहरु बनि रह्यो यो एउटा प्रश्नको जवाफ पनि मानव प्रजातिले खोज्नुपर्छ नै । मानव रम्न हो रमाउन हो । नयाँ नयाँ खोजसँगै नयाँ नयाँ सोच दिएर मायासँग बाँच्नु हो, स्नेह फैलाउनु हो न की युद्धलाई बढावा दिनु आखिरमा एक दिन त अन्त्य छ नै किन विद्रोह विध्वंसद्वारा जीवनको अन्त्येष्टि गराउने ? आज सबैले सोच्नु पर्ने कुरा त्यही नै हो भने हामी भाषाहीन जन्तु जस्तो बनी किन मर्ने ? साथै हतियार संचय गर्नु नै मानव हुनु हो कि…..? हुन त कुरा र भाषा धेरै छन सबैले बुझ्ने नै छन । यहाँ कसैले नबुझ्ने भाषा छैनन् । मानवहितका सोचहरु सबैसँग हुँदा नि किन मानव विपरित कार्य प्रतिपादन हुन्छन आज नसोचे हामीले कहिले सोच्छौं ?

हतियार किन बने भन्ने सवालमा आफ्नो ज्यादति र इच्छालाई अरुमा जाहेर गर्न नै हो जस्तो मलाई लाग्छ । हामी सधैं समाजमा मेलमिलापको कुरा गर्ने तर व्यवहार कुरासँग भिन्न बनाउने भन्नुको अर्थ समानता र अधिकार खोसेर लिने र दिने जहाँ वर्ग शासक र शोषक हुने कुरा जसले सिद्धान्त सर्वोपरि मान्छ या मान्दैन भन्ने डरको परिणाम शायद हतियार होला जसको वीउ केवल विकृत मनशाय नै हुनेछ । त्यसैले ती तत्व सोचहरु जसले हामीलाई मानव हुनबाट बञ्चित गराउँछ त्यो त्यागौं र विश्वलाई हतियाररहीत बनाऔं । अर्को हामी अलिकति विकसित भएको ठाउँमा हुँदाको नाताले आज खाएर भोलि के खाऔं भन्ने डरबाट थोरै भए पनि मुक्ति राहत मिलेको माटोमा उभिएर बाँचेका छौं । भोलि त्यो ठाउँबाट तल झर्नलाई बेर छैन भन्ने कुरालाई हाम्रो व्यवहारले देखाउँदै जाने हो भने भोकको अर्थ नै मानव नरसंहारको कारण बन्ने छन् । किनभने खानेले खाएर मात्र पुगेन मरेर केही लान पाउँदैनन् भन्ने थाहा हुँदा नि अरुको भागको समेत संचय वा भण्डारण हाम्रो आचरण बन्नु जसले अभावलाई जन्माईयो भने सम्पन्न हुन लुट्नु पर्छ, ठग्नु पर्छ । यहाँसम्म कि अपराधलाई पुण्य तुल्याउने मनशाय जसमा शक्ति शासक लागे फलत हतियार जन्मे जुन तिख्रिँदै अझ तिख्रिँदै समाजमा नांगो नाचमा रमे, निमुखाहरुले देखासिकी गरे, आफ्नै सिद्धान्तलाई आ–आफ्नो गाँस, वास र कपाससँग जोडेर सही रुप दिनमा लागी परे । यसले अपराधलाई श्रेय मिले भने समाज एउटा खाडल जुन मानव प्रजातिले खनेका थिए जसमा आजसम्म पनि मानव प्रजातिको आवेगले मानव प्रजाति नै खसि रहे । जसको निवारण विश्व समाजले युद्ध नै ठहर गरिँदै विभिन्न विध्वंसका बाटाहरु नै चिप्लो पार्दै लगी रहे जुन मेरो नजरले गलत हो भन्ने ठहर गरिँदैछु । हुन त मेरो कुरा नपच्न सक्छ । तैपनि मलाई मसँग बोली भाषा भएको नाताले हतियार बनाउनेहरुलाई भन्छु– तिमीहरुले के का लागि हतियार प्रतिपादन गरेको हो त्यसको सिद्धान्त र भाषा आम् मानव प्रजातिलाई बुझाउनु होला । बुझाउनु पर्छ नै ।

कुनै बेला पशु र मानव एकै ठाउँमा बस्ने हिसावले हतियारको आवश्यकता थियो । तर अहिले पशु र मानव दुई धेरै भिन्न प्राणी भई सकेको अवस्था अझ भनौं पशु भन्दा ज्यादा आफूहरुले प्रतिपादन गरेको हतियारले आफूहरु नै छिन्नभिन्न हुने अवस्था दिन दुगुणा र रात चौगुणा हुँदै जाँदा नि आफ्नो अहम्लाई सर्वोपरि मान्दै हतियार त्याग्ने साथै बनाउने काम मानव प्रजातिले नत्यागिएको खण्डमा ती त्यस्तालाई मानव प्रजाति हो भन्ने कर लाग्नेछैन । हतियारकै आडमा चल्ने राज्यमा जुन सिद्धान्तको शासन छ त्यो पनि मानव प्रजातिलाई हित हुने शासन सिद्धान्त पक्कै हुनेछैन । सुरक्षाका सवालमा पनि आफैं जिर्ण हुने दिनहरु अवश्य आउँछ नै । त्यसैले मानव भएर दानव बन्न होईन भगवान् हुन नै बाँचौं साथसाथै भगवान्को मूर्ति कुद्न नै हतियारको प्रयोग गरौं । भन्नुको अर्थ ढुंगाले चोटको प्रवाह गरेको भए त्यो कहाँ मूर्ति बन्छ । यहाँ मैले मूर्तिको अर्थ आकार भन्न खोजेको हुँ र आकारको अर्थ भन्नु नै सजिवता हो, सरलता हो भने उत्पादन सद्बुद्धि हो । साथसाथै हतियार एउटा औजार हो जसले भगवान् बन्छ ना कि मानवीय नरसंहारलाई प्रोत्साहीत नै गराइन्छ ।

अन्तमा, मानव हुँ भनी गर्व गर्छौं भने व्यवहार पनि मानवीय नै गरौं । मर्नु त छँदैछ एक दिन भए पनि बाँचेर देखाई दिनु होला, बचाएर देखाई दिनु होला । र मानवको अर्थ बाँच्नु नै हो भने समयसापेक्षिक मर्नु पनि हो न कि मार्नु अनि मारेर बाँच्न खोज्नु………………….जय मानव । मूर्ख तिमी छौ भने मूर्ख मलाई बनाउनु तिम्रो महानता होला । तर सिद्धान्तको सवालमा फरक छ भन्न नसक्नु मेरो कमजोरी हो र त्यही नै नरसंहारको हतियार पनि हो जुन भौतिक होईन रसायनिक हुन् यो पनि हामी मानव भएर बुझ्नु पर्ने कुरा हुन् । हुन त हामी सबैलाई थाहा भएकै कुरा हो संसार एकदम राम्रो छ । त्यो राम्रोपनका लागि पनि नराम्रो हतियार हामीलाई आवश्यक छैन । प्राकृतिक सम्पदाका लागि आवश्यक छैन । जलचर, थलचरको लागि आवश्यक छैन । त्यसैले सुन्दर संसारलाई अझ सुन्दर बनाउन सुन्दर संसारभन्दा नि राम्रो हाम्रो मन मस्तिष्कलाई बनाऔं भन्दै हतियाररहीत विश्वको कल्पना गर्दै त्यसमै तत्पर भई बाँचौं एक दिन त अवश्य मृत्यु आई लगी हाल्छ नि । तर मर्दा मर्न योग्य भएरै मरौं भन्नुको अर्थ मभित्रको आगो, पानी, वायु, माटो अनि आकाश म मर्दा यही मिसाउने योग्य होस् भन्ने कामना आफैंसँग गर्दै मरे भने हतियारको दोष नहोस् । यो समाज, यो देश, यो सिंगो विश्व हतियार मुक्त होस् कोही कसैको रगतद्वारा हतियार अभिषापित नहोस् ।