१५ कार्तिक २०८३, आइतबार

‘युवाहरु सक्रिय भएमा जस्तोसुकै परिवर्तन पनि सम्भव’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yuvaकाठमाडौं, २५ फागुन । नेपाल मानव धर्म सेवा समिति काठमाडौले युवा दार्शनिक तथा अध्यात्मविद् श्री विभूजी महाराजजीको उपस्थितिमा महाशिवरात्री महोत्सव भव्यताका साथ मनाएको छ ।

सोमबार पशुपति परिसरमा भएको कार्यक्रममा श्री विभुजी महाराजजीले असल समाज निर्माणका लागि युवा एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले परिवर्तनमा संवाहक युवाहरु सक्रिय भएमा जस्तोसुकै परिवर्तन पनि सम्भव हुने बताउनुभएको थियो ।

विगत दिनको सम्झना र भविष्यको चिन्ताले मानिस वर्तमानसंग असन्तुष्ट बन्दै गएकोे र बढ्दो असन्तुष्टीले मानिसको आफ्नै जीवनप्रतिको उत्साह निराशामा परिणत भएको वास्तविकता राख्दै उहाँले भगवान शिवजीले महाशिवरात्रीको पावन अवशरमा नेपालीजनलाई जीवनमा संघर्ष गर्ने क्षमता प्रदान गरुन भनि कामना समेत गर्नुभयो ।

Dharamaaaगत वैशाख १२ को विनासकारी भूकम्पप्रति लक्षित गर्दै उहाँले मानिसका जीवनमा कुनै न कुनै प्रकारका दुःखहरु आईरहनेभन्दै संघर्षको मैदानमा डटेर लाग्न आग्रह गर्नुभयो ।

संस्थाका केन्द्रीय महात्मा चमेली बाईजीले आशतोस भगवान शिवको जीवन महिमा सुनाउदै मनुष्य जीवन सफल बनाउन समयको तत्वदर्शी सच्चा गुरुको शरणमा जानुपर्ने बताउनुुभयो ।

नेपाल तथा भारतका विभिन्न तीर्थस्थलबाट आउनुभएका सन्तमहात्माहरुका ज्ञान विज्ञानयुक्त सतसंग प्रवचन, कलाकारहरुका भक्ति संगीतका विविध प्रस्तुती रहेको कार्यक्रममा साना–साना बालबालिकाहरुका रोचक कबिता नाटक तथा नृत्य प्रस्तुत हुनुका साथै मन्द व्यान्डको विशेष सांगितिक प्रस्तुती समेत रहेको थियो ।

कार्यक्रम स्थलमा अध्यात्मिक पुस्तक, आयुर्वेदिन औषधि तथा खाजा–घरका स्टल राखिनुका साथै निःशुल्क प्रसाद वितरण समेत गरीएको थियो ।