१ कार्तिक २०८३, शनिबार

लिबियाको सीमा क्षेत्रमा झडप, ४५ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Libyaट्युनिस्, २५ फागुन । लिबियाको सीमाक्षेत्रमा ट्युनिसियाली सुरक्षाबल र आतङ्ककारीबीच सोमबार भएको झडपमा परी मारिने संदिग्ध आतङ्ककारीको सङ्ख्या २८ पुगेको ट्यूनिस सरकारले बताएको छ ।

बन्दुकधारीको एक समूहले लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि भएको झडपमा ती आतङ्ककारी मारिएका बताइएको छ । घटनामा १० जना सुरक्षाकर्मीले सहादत प्राप्त गरेका छन् भने सात जना सामान्य नागरिकको मृत्यु भएको छ ।

ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा सो सुरक्षा शिविरमा सोमबार बिहानै आतंककारी हमला भएपछि सुरक्षाबलले जवाफी कारबाही शुरु गरेकोे प्रहरी अधिकारीले बताइका छन् ।

यस उत्तर अफ्रिकी राष्ट्र गत वर्षदेखि नै कैयौँ आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो यसै महिनामा गरिएको दोस्रो भीषण आतङ्ककारी आक्रमण भएको ट्युनिसियाली रक्षामन्त्रालयले जनाएको छ ।

यसैबीच ट्युनिसियाका राष्ट्रपति बेजी काइभ इसेप्सीले एकाएक सैनिक शिविरमाथि जिहादी बिद्रोहीबाट भएको यस घटनाको निन्दा गर्नुभएको छ । साथै मृतकप्रति श्रद्धान्जली अर्पन गर्दै मृतकका परिवार तथा आफन्तजन प्रति समवेदना ब्यक्त गर्नुभएको छ । एएफपी