
– माधब न्यौपाने
भैरहवा, २४ फागुन । १०६ औँ अन्तराष्ट्रिय महिला दिवस यसबर्ष फागुन २५ गते अर्थात मंगलबार मनाईदै छ ।
यसै सन्दर्भमा अन्तराष्ट्रिय महिला दिवस मनाउनको लागि महिला तथा बालबालिकाको क्षेत्रमा कामगर्ने रुपन्देहीका दर्जनौं संघसंस्थाहरु एकजुट भएका छन् । प्रत्येक बर्ष मार्च ८ का दिन मनाउँदै आएको यो दिवस मनाउनको लागि रुपन्देहीका विभिन्न संघसंस्थाहरुले यसबर्ष पनि कार्यक्रमको लागि तीब्र रुपमा तयारी गरिरहेका छन् । उनीहरुले भोली मंगलबार अर्थात १०६ औँ अन्तराष्ट्रिय महिला दिवसको दिन बिहान ११ बजे भैरहवा स्थीत लुम्बिीनि गेटबाट विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहभागिता गराई ¥याली निकाली नारायणस्थान, गल्लामण्डी, बैंकरोड, देबकोटाचोक हँुदै बुद्धचोकमा पुगि ¥याली सम्पन्न गर्ने भएका छन् । साथै सोही दिन सिविन नेपाल र सिद्धार्थ सामुदायीक समाजको सक्रियतामा सडक नाटक समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
१०६ औँ अन्तराष्ट्रिय महिला दिवस मुल आयोजक समिति रुपन्देहीको आयोजनामा सम्पन्न हुने महिला दिवस कार्यक्रमको अवसरमा सहयोगि सस्थाहरुको रुपमा महीला तथा बालबालीका कार्यालय रुपन्देही, पश्चिामाञ्चल क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटबल, जिल्ला कानुनी सहायता समिति रुपन्देही, नमुना एकीकृत विकास परिषद, माईति नेपाल, थ्रि एन्जल्स नेपाल, साना हातहरु नेपाल, सिद्धार्थ सामुदायीक समाज, जेसिआई सिद्धार्थ लेडि नेपाल, युरासिया रेयुकाई १७ औं शाखा, भैरहवा, के. आई. नेपाल, सुनगाभा सामुदायीक विकास केन्द्र, गौतमबुद्ध सन्देश राष्ट्रिय साप्ताहिक, रुपन्देही एफ.एम., रेडियो मुक्ती, रेडियो लुम्बिनी, महीला शशक्तिकरण सञ्चार समुह, कदम नेपाल, केयर नेपाल, सिविन नेपाल, क्रीयासिल महीला पत्रकार रुपन्देही, सञ्चारीका समुह र महीला तथा बालबालीका कार्यालय द्धारा प्रबर्धित महिला सहकारी संस्थाहरु लगायतले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेको महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमुख महिला विकास अधिकृत उषा रावलले जानकारी दिनुभयो ।
कार्यक्रमको लागि सुचना प्रवाह तथा प्रचारप्रसारमा महीला तथा बालबालीका कार्यालय रुपन्देही, महीला ससक्तीकरण समुह, जिल्ला कानुनी सहायता समिति रुपन्देही, नमुना एकीकृत विकास परिषद, गौतमबुद्ध सन्देश राष्ट्रिय साप्ताहिक, रेडियो मुक्ती, रेडियो लुम्बीनि, रुपन्देही एफ.एम., लुम्बिनी टेलीभिजन, क्रीयासिल महिला पत्रकार रुपन्देही, थ्रि एन्जल्स नेपाल लगायतले सहयोग गर्नेछन भने छड्के ब्याजमा नमुना एकीकृत विकास परिषद र थ्रि एन्जल्स नेपालले सहयोग गर्ने भएका छन् । त्यसैगरी प्ले कार्डको लागि माईति नेपाल र कदम नेपाल, ब्यानर र पानि व्यवस्थापनको लागि महीला तथा बालबालीका कार्यालय रुपन्देही, माईक व्यवस्थापन साना हातहरु नेपाल, के आई नेपाल, जिल्ला कानुनी सहायता समिति रुपन्देहीले तथा खाजा, नास्ता व्यवस्थापनको लागि सिद्धार्थ महीला जेसिज, युरेसिया रेयुकाई १७ औँ शाखा भैरहवा, दिगो सामुदायीक विकासका निम्ती एकता र केयर नेपालले गर्ने प्रमुख महिला विकास अधिकृत रावलले बताउनु भयो ।
साथै विभिन्न संस्थाहरुको सक्रियतामै महिला दिवसको अवसरमा फागुन २१ गते देखि चैत २ गते सम्म विभिन्न चेतनामूलक सप्ताहव्यापी कार्यक्रमको समेत आयोजना भइरहेको थ्रि एञ्जल भैरहवाका प्रमुख दिपक भट्टले बताउनु भयो । उहाँका अनुसार फागुन २१ गते बुटबलमा कदम नेपाल, लायन्स क्लव अफ तिलोत्तमा मायादेवि सञ्चार सहकार्य, रेडियो मुक्ती र रेडीयो लुम्बिनीको सक्रियतामा महीला माथि हुने हिंसा र मानव वेचविखन विरुद्ध सचेतनात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ भने महीला तथा बालबालीका कार्यालय द्धारा प्रबर्धित महिला सहकारी संस्थाहरुको सक्रियतामा फागुन २१ गतेदेखि २५ गतेसम्म रुपन्देहीका मानमटेरिया, गंगोलिया, पश्चिम अमुवा, करहिया चिल्हीया, वसन्तपुर लगायतका २३ वटा गाविसहरुमा अन्तरक्रिया तथा र्याली कार्यक्रम सम्पन्न गर्ने भएका छन ।
यता फागुन २५ गते सुर्यपुरा गा.वि.स.माः सुनगाभा सामुदायिक विकास केन्द्र, सुर्यपुरा गा.वि.स. कार्यालय, महीला तथा बालबालीका कार्यालय रुपन्देही, नमुना एकीकृत विकास परिषद लगायतको सक्रियतामा अन्र्तक्रीया कार्यक्रम सम्पन्न हुने छ । त्यस्तै सोही दिन सैनामैना नगरपालीकामा महीला स्वास्थ्य÷पाठेघर सम्बन्धी अभिमुखिकरण र अन्र्तक्रिया कार्यक्रमे नमुना एकीकृत विकास परिषद र उपहार महिला सहकारी सस्थाको सक्रियतामा हुने भएको छ भने रायपुर, मर्यादपुर, छोटकी रामनगर, सेमरा मर्चवार, बयरघाट, थु.पिपरहवा, एकला, तेनुहवा गा.वि.स.हरुमा सिद्धार्थ सामुदायीक समाज, नमुना एकीकृत विकास परिषद, थ्रि एन्जल्स नेपाल, महिला तथा बालबालीका कार्यलय र केयर नेपालले पम्पलेट वितरण र ¥याली सम्पन्न गर्ने छन ।
त्यसैगरी बुटबल उपमहानगरपालीकाको कालीकानगरमा दिउसो ४ बजे केयर नेपाल, नमुना एकीकृत विकास परिषद, सिद्धार्थ सामुदायीक समाज, महीला तथा बालबालीका कार्यालय रुपन्देही लगायतको सक्रियतामा सफलताको कथा आदान प्रदान कार्याक्रम सञ्चालन हुने पनि उहाँले बताउनु भयो ।
सप्ताहव्यापी कार्यक्रमको अन्तीम दिन अर्थात चैत २ गते रेडियो लुम्बिनी, नमूना एकीकृत विकास परिषद, सुनगाभा सामुदायिक विकास केन्द्र, महिला तथा वालबालिका कार्यालय र सिद्धार्थ सामुदायिक समाजको आयोजनामा रुपन्देहीको मणिग्राममा महिला अधिकार सम्बन्धि लोक गित प्रतियोगिता सम्पन्न हुने आयोजकको भनाई छ ।
यसरी महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले रुपन्देहीमा सक्रियता पुर्वक विभिन्न दिवसहरु मनाउनुको साथै अन्य समयमापनि आआफ्नो भूमिका निर्वाह गरेतापनि रुपन्देही जिल्लामा खुला सिमाना भएका कारण महिला तथा बालबालिकाहरु विभिन्न समस्यामा पर्ने गरेको विज्ञहरुको भनाई छ ।












प्रतिक्रिया