१ कार्तिक २०८३, आइतबार

बुद्धमावली देवदहमा पर्यटक भित्राउन भौतिक पुर्वाधारको आवश्यकता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Debdaha

– विकाश पराजुली
बुटवल, २३ फागुन । बुद्धमावली देवदह क्षेत्रमा पर्यटक भित्राउने प्रशस्त संभावना हुदाँ पनि भौतिक संरचनाको अभावमा आशातित उपलब्धी हासिल हुन नसकेको सरोकारवालाले बताएका छन् ।

बुद्ध मावली क्षेत्रलाई लुम्विनीसँग जोडेर लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनीहरुले देवदहमा पर्यटक भित्राउन बुद्धसँग संवन्धित संरचना निर्माण र पर्यटक राख्नका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टहरु निर्माण गर्नु पर्ने बताएका हुन् । रुपन्देहीको देवदहमा संचालन भएको दोस्रो देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसर पारी पर्यटन प्रर्वद्धन उपसमितिले आईतबार गरेको देवदहमा पर्यटन र संभावना विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले बुद्धसँग सम्वन्धित भवानीपुर, कन्यामाई, बैरीमाई, खँयडाँडा, देवदह, पाकरी, माथागडी लगायत एतिहासिक क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा देवदहमा पर्यटन र संभावना विषयमा अवधारण प्रस्तुत गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदहमा पर्यटक भित्राउनका लागि भवानीपुरमा गोल्डेन टेम्पल अफ लड बुद्ध, बौद्धभिक्षुका लागि प्रार्थना गर्ने मेरिटेशन सेन्टर, लुम्विनी बौद्ध विश्व विद्यालयको आंगिक क्याम्पस निर्माण तथा शैक्षिक सत्र २०७३/२०७४ मा बौद्ध दर्शन सम्वन्धित पाठ्यक्रम अध्ययन अध्यापनको कार्य सुरु गरिने जानकारी दिनुभयो । देवदह र यससँग जोडिएका एतिहासिक क्षेत्रहरुको विकासका लागि एक्लो प्रयासले मात्र केही नहुले उल्लेख गर्दै उहाँले स्थानीय संघसस्था, राजनीतिक दलसबै विचमा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रको मुख ताक्नुभन्दा पनि स्थानीय स्रोत साधनको प्रयोग गरि देवदहको विकासमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला अयोजक मुल समितिका संयोजक गोपल ढकालले देवदहका पर्यटकीय क्षेत्रको प्रचार प्रशार तथा प्रर्वद्धनका लागि देवदहमा मेलाको अयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रिय पार्षद माधव रिमाल, नेपाली कांग्रेसका जिल्ला सदस्य दुर्गाबहादुर राना, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, एमाओवादी देवदहका नगर संयोजक कृष्ण ढकाल, राप्रपा नेपालका जिल्ला सदस्य तुल्सीराम काफले, देवदहका अध्यक्ष ऋषिराम रेग्मी, नेकपा क्रान्तिकारी माओवादी देवदहका मेघनाथ पौडेल, संघिय जनमुक्ति पार्टीका डम्बरबहादुर थापा, वौद्ध मगर सेवा समाजका जिल्ला उपाध्यक्ष कमान सिंहसारु मगर, देवदह गाउ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठडराई, देवदह उद्योग बाणिज्य संघका महासचिव प्रमोद खनाल लगायतले देवदहमा रहेका पुरातात्विक स्थलहरुको पहिचान तथा उत्खन्न गरि संग्राहलयको निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यत्रममा संघका उपाध्यक्ष मिना श्रेष्ठको धन्यवाद ज्ञापनमा गर्नु भएको थियो ।

यस्तै मेलाको छैटौं दिनसम्म आई पुग्दा आईतबारसम्म २२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने करिव एक करोड बराबरको कारोवार भएको उद्योग बाणिज्य संघका सचिव हरि भण्डारीले जानकारी दिनुभयो । मेलामा दर्शको चाप दिनप्रतिदिन बढ्दै गएको उहाँले बताउनुभयो ।

यसैबीच मेलामा साँस्कृतीक कार्यक्रममा पनि दर्शको बाक्लो उपस्थिती हुँदै आएको छ । साँकृतीक कार्यक्रममा सिङ्गीङ, डान्सिङ्ग स्टार, अन्तर विद्यालय लोक गित प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आआफ्नो पं्रस्तुती देखाएको साँस्कृतीक उपसमिति संयोजक तेजु अर्यालले जानकारी दिनुभयो । साँस्कृती कार्यक्रम अन्र्तगत आईतबार पशुपति शर्मा, प्रिति आले, रमेशराज भट्टराई, सौगात सायर, हरिमाया रायमाझी, श्रीनिवास चौधरी लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाएका थिए । यस्तै सोमबार गायक शिशिर योगि,, पुरुषोत्तम न्यौपाने, नविन पौडेल, दुर्गा सापकोटा, पुरुषोतम भण्डारी (पुर्खेबा), विरेन्द्र अग्रहरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक अर्यालले बताउनुभयो ।