१५ कार्तिक २०८३, आइतबार

फेरि अर्का नक्कली डाक्टर पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor-checkupकाठमाडौं, २४ फागुन । नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक धनुषा जनकपुरधाम–९ का ३२ वर्षीय प्रदिपकुमार गुप्तालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलमा चिकित्सिक दर्ता प्रमाणपत्र परीक्षा दिनको लागि बिहार इन्टर मेडियट एजुकेशन काउन्सिलबाट प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेको भनि नक्कली प्रमाणपत्र बनाई एमबिबिएस चीनबाट अध्ययन गरी सोही आधारमा इन्र्टनशीप समेत गरी सर्वसाधारण मानिसहरूलाई गुप्ताले उपचार गराएको खुल्न आएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा पटक पटक सहभागी भई अनुतिर्ण भएपछि यस पटकको परीक्षामा सहभागी हुन आएका गुप्तालाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ बमोजिमको आवश्यक अनुसन्धान प्रक्रिया सुरू गरिएको छ ।