
– अनिल खत्री
गुल्मी, २४ फागुन । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष पूर्व उपप्रधान मन्त्री एबं गृहमन्त्री बामदेव गौतमले नयाँ कृषि अभियानले नाकाबन्दीको बिरुद्धमा काम गर्ने बताउनु भएको छ ।
नयाँ कृषि अभियान कृषि सहकारी संस्था लिमिटेड जिल्ला सम्पर्क समिती गुल्मीको शनिवार बलेटक्सारमा उद्घाटन गर्दै नेपाललाई भारतले पटक–पटक नाकाबन्दी गरेर आत्मनिर्भर बन्न चेतावनी दिएकाले अब यो सहकारीले सोहि कार्यमा लाग्नुपर्ने बताउनु भएको छ ।
हालै भारतले गरेको नाकान्दी पहिलो नभएको भन्दै अब नाकाबन्दीको बिरुद्धमा देस भरका कृषि सहकारीले काम गर्नु पर्ने बताउनु भयो । देसको आर्थिक बिकास गर्न कृषि क्षेत्र बलियो भए मात्र नेपालीलाई आत्मा निर्भर बन्न सजिलो हुने भन्दै कृषि क्षेत्रलाई व्यवसायीक गर्नको लागी यो अभियानले बिशेष महत्व दिने बताउनु भयो । देस अहिले बिसम परिस्थितमा रहेकाले संबिधान कार्यन्यनमा सबै जागरुक हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी नेकपा एमाले केन्द्रिय सचिव प्रदिप कुमार ज्ञवालीले सबिधान जारी सँगै अधिकारका लागि लड्ने दिन गएकाले अवको राजनिती विकास केन्द्रीत हुने बताउनुभयो । संविधानको कार्यान्वयन गर्दै देशलाई सम्वृद्धि तर्फ लैजानु पर्ने वताउदै अवको राजनैतिक यात्रा आर्थिक सम्वृद्धिको हुने र आर्थिक समृद्धि मार्फत देसलाई बिकासको नयाँ गतिमा लैजानु पर्ने नेता ज्ञवालीको भनाई थियो ।












प्रतिक्रिया