३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको जर्सी शहरमा अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu 8– विजय थापा

वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय महिला दिवसको शुभ उपलक्ष्यमा न्यु जर्सीमा स्थापित कारणको लागि महिला नामक संस्थाको अगुवाईमा नारी दिवस सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्य दूताबास न्युयोर्कका बाणिज्यदूत क्रिसु क्षेत्री तथा बिशिष्ट अतिथिमा जर्सी शहरकि परिषद महिला जोवेस वाटरम्यानले सयुक्त रुपमा पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

समारोहमा गत वर्ष कारणको लागि महिला संस्थालाई सहयोग गर्ने स्वयम सेवी तथा सहयोगीहरुलाई सयुक्त रुपमा प्रसंसा पत्र प्रमुख अतिथि क्षेत्री तथा बिशेष अतिथि वाटरम्यानले प्रदान गर्नु भएको थियो ।

bishnu 5नारी दिवसको उद्घाटनमा भजन गायक कमल बहादुर खड्काए देश भक्ति गीत तथा मन्त्र पाठ गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वाणिज्यदुत क्रिसु क्षेत्री ,बिशिष्ट अतिथि जोवेस वाटरम्यान ,उप बाणिज्यदूत प्रवीन भट्टराई ,न्युजर्सी नेपाली समाजका सभापति श्याम कार्की, अनेसास केन्द्रका उपाध्यक्ष राम खत्री, एनआरएन अमेरिकाका पूर्व कोषाध्यक्ष सन्जिब श्रेष्ठ तथा अनुपमा सापकोटाले नारी दिवसको बिषयमा मन्तब्य राख्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा बोस्टनकि कवियत्री दीपा राई पुन तथा शकुन्तला ज्ञवालीले कविता वचन गरेका थिए । कलाकार अरिस्या कार्कीले नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सभापतित्व संस्थापक सभापति तथा महिला अधिकारकर्मी डा बिष्णुमाया परियारले गरेकी थिइन भने कार्यक्रम संचालन संचालक समिति सदस्य सरिता शर्मा पराजुलीले गरेकी थिइन् ।

कार्यक्रममा संस्था कि उपाध्यक्ष रेणु शर्मा सापकोटाले अतिथिहरुको स्वागत गरेकी थिइन् भने कोषाध्यक्ष उमा (गीता) पोख्रेलले सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।