१५ कार्तिक २०८३, आइतबार

फरार अभियुक्त ‘समीर काले’ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailपोखरा, २३ फागुन । जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रुपाकोट गाविस–८ घर भई हाल पोखरा–१२ बस्ने वर्ष ३२ का ‘समीर काले’ भन्ने समीर रानालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आज जिल्ला अदालतमा बुझाएको छ ।

अभियुक्तले पोखरा–१४ चाउथे बस्ने वर्ष २० का रामबहादुर तामाङलाई धारिलो हतियार प्रहारबाट सख्त घाइते बनाई राना फरार भएका थिए ।

यस्तै, बागलुङको पैयुँपाटा गाविस–५ घर भई हाल पोखरा–१० अस्पतालचोक बस्ने वर्ष १६ की सन्ध्या भन्ने विमला थापा मगरलाई नगद रु १५ हजार चोरेको अभियोगमा प्रहरीले पक्राउ गरी आज जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद लिई आवश्यक अनुसन्धान गरेको छ ।

निजले पोखरा–१० औद्योगिक क्षेत्र बस्ने विमला गुरुङको घरमा रङ लगाउने काम गर्ने चन्द्र ब्लोनको नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले अभियुक्तको साथबाट चोरी गरेको नगद, चोरी गर्न प्रयोग गरेको फलामको कैँची र रबरको गुलेली पनि बरामद गरेको छ । रासस