१ कार्तिक २०८३, शनिबार

भारतले फेरि जित्यो एसिया कप उपाधि, बंगलादेशलाई उसकै घरमा हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India

काठमाडौं, २४ फागुन । भारतले छैठौंपटक एशिया कप क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राति सम्पन्न फाइनल खेलमा बंगलादेशलाई उसकै घरेलु मैदानमा ८ विकेटले पराजित गर्दै उपाधि भारतले कब्जा गरेको हो ।

पानी परेपछि १५ ओभरमा छोट्याइएको खेलमा १ सय २१ रनको लक्ष्य भारतले १ ओभर अघि नै २ विकेट गुमाएर भेट्टायो ।

१४ औं ओभरमा कप्तान महेन्द्रसिंह धोनीले २० रन बटुल्दै भारतलाई सहज जित दिलाए । धोनीले ६ बलमा नटआउट २० रन बनाए भने विराट कोहलीले नटआउट ४१ रन बनाए । विराटले २८ बल खेले भने शिखर धवनले ६० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा ५ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बंगलादेशका लागि महमदुल्लाह ३३ र सब्बिर रेहमान ३२ रनमा नटआउट रहे । ममुल्लाहले मात्र १३ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३३ रन बनाए ।