काठमाडौँ, १० साउन । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका झट्केला छोरा सुरेश कोइरालाको ६८ बर्षको उमेरमा शनिवार विहान निधन भएको छ ।
उहाँको विहान नौं बजे हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
परिवारसंग बसेर सामान्य अवस्थामै चिया खाजा खाएको अवस्थामा चिया पिएपछि असहज महसुश गर्नुभएका कोइरालालाई चाबहिलस्थित ओम नर्सिङ अस्पतालमा लैजाँदैँ गर्दा निधन भएको हो ।
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाले सुरेशलाई आफ्नै नामबाट नागरिकता दिएर अंश समेत दिनुभएको थियो । उहाा अहिले चावहिलमा बस्दै आउनु भएको थियो ।
गिरिजाप्रसाद कोइरालाको निधन हुदा छोरी सुजाता र उहाँ दुबैले दागवत्ती दिनुभएको थियो ।
















प्रतिक्रिया