धनगढी, २३ फागुन । भ्रष्टाचार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय कैलालीका विद्यालय निरिक्षक बीर बहादुर नेपालीलाई अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थी संगठनले कालोमोसो दलेका छन् ।
आईतबार दिउँसो ४ बजेतिर कार्यालयबाट बाहिर निस्कने क्रममा नेत्र विक्रम चन्द नेतृत्वको विद्यार्थी संगठनले कालोमोसो दलेका हो ।
शिक्षा क्षेत्रमा व्यापक आर्थिक अनियमिता गरेका कारण कार्बाही स्वरुप विद्यालय निरीक्षक नेपालीलाई कालोमोसो दलेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विष्णु उपाध्यायले जानकारी दिनुभयो ।
विनि नेपालीले आर्थिक लेनदेन गरेर शिक्षक सरुवा, नियुक्ती, अनुमती विनै संचालनमा रहेका निजी विद्यालयलाई किर्ते अनुमती दिएर शिक्षा क्षेत्रमा अनियमिता काम गरेको क्रान्तिकारीको आरोप छ ।
क्रान्तिकारीले सुदूरपश्चिममा शैक्षिक विकृती हटाउनका लागि अनियानै संचालन गरेको छ । शैक्षिक क्षेत्रका विकृति हटाउनका लागि विनीलाई भौतिक कार्बाही स्वरुप कालोमोसो दलेको क्रान्तिकारीको दावि छ ।












प्रतिक्रिया