१५ कार्तिक २०८३, आइतबार

रंगशालामा सयौं विद्यार्थीले एकैसाथ दिए संस्कृति परीक्षा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanskrti gayan parixaa (1)

– नरेश केसी
भैरहवा, २३ फागुन । कहिले मासिक, कहिले त्रैमासिक, कहिले अर्धवार्षिक त कहिले वार्षिक परीक्षा दिने रुपन्देहीका विद्यार्थीहरु आईतबार भने फरक अनुभूति गरिरहेका थिए ।

सधैं एउटा विद्यालयको कम्पाउण्डभित्र एकै विद्यालयका विद्यार्थीहरुले मात्र परिक्षा दिने विद्यार्थीहरु आइतबार फरक फरक विद्यालयका फरक फरक विद्यार्थीहरुले एकै साथ सयौंले परिक्षा दिइरहेका देखिन्थे ।

परिक्षाको प्रश्नपत्र पनि फरक थियो । विद्यालयको पाठ्यक्रम भन्दा फरक । हिन्दू धर्म, संस्कृति र सस्कार तथा राष्ट्रियताको बारेमा सोधिएका प्रश्नपत्रको उत्तर दिन उनीहरु कम्मर कसेर लागेका देखिन्थे । बीच बीचमा शिक्षकहरु चेंकजांच र अवलोकनमा व्यस्त देखिन्थे ।

sanskrti gayan parixaa (9)

सन्दर्भ हो रंगीचंगी पोशाकमा फरक फरक विद्यालयका विद्यार्थीहरु उत्साहपूर्वक आइतबार स्थानीय सिद्धार्थ रंगशाला भैरहवामा भईरहेको परिक्षामा सहभागीहरुको । हिन्दू स्वयंसेवक संघ भैरहवा रुपन्देहीको तत्वधान तथा स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा २०७२ को संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयका गरी १२ सय विद्यार्थीले परिक्षामा भाग लिएका थिए । परिक्षामा ८ वटा सरकारी (सामुदायिक) र ४८ वटा बोडिंग (संस्थागत) विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।

हिन्दू धर्म, संस्कार संस्कृति र राष्ट्रियता सम्बन्धी सोधीएका प्रश्नमा विद्यार्थीहरुले लिखित परिक्षा दिएका थिए । यसरी लिएको परिक्षामा न्यू होराईजन स्कुल बुटवलका आयुष पाण्डे प्रथम भई नगद रु ५१ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । यसैगरी सोही स्कुलकै अंकुस निरौलाले द्वितीय भई २१ हजार नगदर प्रमाणपत्र प्राप्त गरेका छन् भने तृतिय भएका न्यू मुन एकाडेमीका सोनम यादवले ११ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

sanskrti gayan parixaa (5) (1)

परिक्षामा न्यू होराईजनका विद्यार्थिहरु अपील चौधरी, जस्मीन न्यौपाने, समृद्धि ज्ञवाली, प्रीज्मा पोखरेल, शेखर भट्टाराई, सुदीप ज्ञवाली, अमोद पौडेल र अमन दत्तले सान्तनवा भएका छन् । यसैगरी तिलोत्तमा माविका शिव भण्डारी र पश्चिमान्चल स्कुलका प्रकाश शर्मा पनि सान्तनवा भई जनही १ हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

sanskirt gyan parixa

हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघ चालक हेम शर्मा आचार्यको अध्यक्षता गोकुल पोखरेलको सन्चालन तथा राजकुमार गुरुंगको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ पुरुषोत्तम दाहल, शिक्षावीद बालकृष्ण भट्टाराई, प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्ययले मन्तब्य राख्दै हिन्दू धर्म, संस्कार, संस्कृति र राष्ट्रियताकोलागी विद्यालय तहबाट गरिने कृयाकलाप महत्वपुर्ण हुने बताएका थिए ।