१ कार्तिक २०८३, शनिबार

एसिया कपः भारतसँग भिड्दै बंगलादेश, घरेलु मैदानमा उपाधि जित्ने मौका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-bangladesh

काठमाडौं, २३ फागुन । एसिया कप क्रिकेट अन्तर्गत फाइनल खेलमा आयोजक बंगलादेश र भारत भिड्दैछन् ।

आइतबार साँझ ७ः१५ मिनेटमा मिरपुरस्थित शेरेबंगला रंगशालामा हुने खेलमा दोस्रो पटक फाइनल खेलिरहेको बंगलादेश घरेलु मैदानमै उपाधि कब्जा गर्ने तयारीमा छ ।

यता भारत उपाधि जित्दै सबैभन्दा धेरैपटक एसिया कपको उपाधि जितेको किर्तिमान बनाउने प्रयासमा छ । भारत र श्रीलंकाले यसअघि पाँचपाँच पटक प्रतियोगिता जितेका छन् ।

लिग चरणको पहिलो खेलमा बंगलादेश भारतसँगै ४५ रनले पराजित भएको थियो । राउण्ड रोबिन लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहेक भारत र दोस्रो स्थानमा रहेको बंगलादेश फाइनलमा पुगेका हुन् ।