१ कार्तिक २०८३, शनिबार

भलिबल खेल्न प्रचण्ड पुगे चितवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं, २३ फागुन । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस महाधिवेशनमा अल्झिरहेका बेला तेस्रो ठूलो दलका नेता अर्थात् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भलिबल प्रतियोगिताका लागि चितवन पुग्नुभएको छ ।

चितवनको पटिहानीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताका लागि प्रचण्ड पुग्नुभएको हो । पद्मोदय युवा क्लब भरतपुरले गरेको प्रतियोगिताको प्रचण्डले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता कायम गर्न खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । राजनीतिक कारणले देश विभाजित भएका बेला खेलकुदले एकता कायम गरेको उहाँको भनाइ थियो ।

प्रतियोगितामा भुटान, भारत र बंगलादेश तथा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले सहभागिता जनाएका छन् । फागुन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउने आयोजक समितिका संयोजक रामहरि सेढाइँले जानकारी दिनुभयो ।