२९ आश्विन २०८३, बिहिबार

नारायण गोपालको सालिक चोकमा राख्नु कानुन सम्वतः गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam1

काठमाडौं, १० साउन । उपप्रधान तथा गृहमन्त्री वामदेब गौतमले शनिवार राजधानीको महाराजगञ्ज चोकमा स्वरसम्राट नारायण गोपाल गुरुवार्चायको पुर्णकद्को सालिक पुर्नस्थापना गर्नुभएको छ ।

उहाँले सालिक पुर्नस्थापना गर्दै महाराजगञ्ज चोकबाट नारायण गोपालको सालिक अन्यत्र सार्न नमिल्ने बताउनुभयो । ‘नाराणगोपालको सालिक अन्यत्र प्रतिस्थापन गर्ने मैले सुनेको छु,’ उहाँले भन्नुभयो, ‘कानुन सम्वतरुपमा सालिक चोकमै राखिन्छ ।’

कला र संस्कृतिले मुलुकलाई चिनाउने भएकाले कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको पनि उहाँले बताउनु भयो । उहाँले नेपाली गीत संगितको क्षेत्रमा स्वः नारायण गोपालले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो ।

त्यसैगरी उहाँले नारायण गोपालको सालिक संरक्षण गर्नको लागि नारायण गोपाल संगित कोषलाई सरकारले सक्दो सहयोग गर्ने बचन पनि दिनुभयो ।

कार्यक्रममा सालिक निमार्णमा सहयोग पु¥याउने बिभिन्न महानुभावहरुलाई गृहमन्त्री गौतमले सम्मानित गर्नुभएको थियो ।