विराटनगर, १० साउन । एमाओवादीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा भन्दा बाहिर रहेको वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेकपा–माओवादी संविधान निर्माणको प्रकृयावाट बाहिर बस्नु नहुने उहाँको तर्क थियो ।
त्यसैगरी उहाँले नयाँ संविधान सबै दलको सहमतिको दस्तावेज हुने पनि दाबी गर्नुभयो ।
उहाँले राजनीतिक निकास र संविधान निर्माणका लागि दलहरु मिल्नुको विकल्प नभएको पनि उल्लेख गर्नुभयो ।
















प्रतिक्रिया